रामधुनी । नेकपा एमालेले रामधुनी नगरपालिकाको मेयर पदका लागि शंकरलाल चौधरीलाई उम्मेद्वार उठाएको छ ।
नेकपा एमालेका जिल्ला सदस्य तथा रामधुनी नगरकमिटी इन्चार्ज समेत रहेका चौधरीलाई पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि रामधुनी मेयरमा उठाएको हो । त्यसैगरी उपमेयरमा तारा थापालाई अघि सारेको छ । थापा अखिल नेपाल महिला संघ रामधुनी नगरकमिटीकी इन्चार्ज हुन् ।
एमालेले रामधुनी नगरपालिकाको सबै वडाका उमेद्वारहरु टुंगो लगाएको छ । पार्टीले वडा नम्बर एकमा रामकुमार चौधरी, वडा नम्बर २ मा रामनारायण चौधरी , वडा नम्बर तीनमा बुधनारायण चौधरी उमेद्वार बनाएको छ ।
वडा नम्बर ४ मा कमल कार्की, वडा नम्बर ५ मा खेमराज पौडेल, वडा नम्बर ६ मा गयाराम राजधामी, वडा नम्बर ७ मा केशव गौतमले वडा अध्यक्षको टिकट पाएका छन् । त्यसैगरी नेकपा एमालेले रामधुनी नगरपालिकाको वडा नम्बर ८ मा सुरेन्द्र सिहं खवास र वडा नम्बर ९ मा योगेन्द्र खड्कालाई वडा अध्यक्षको उम्मेद्धवार बनाएको छ ।







