रामधुनी । सुनसरीकाे रामधुनी नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सुरेन्द्र सिंह खवाससहित प्यानलनै विजयी भएको छ ।
खवासले एक हजार २ सय मत ल्याएका छन् । यसैगरी महिला सदस्यमा पार्वती चौधरीले ११३४ मत, दलित महिला सदस्यमा सरिता पिरयारले ११ सय ६१ मत, खुल्ला पहिलो सदस्यमा चन्द्रमान उरावले १ हजार ६१ मत र खुल्ला दोस्रो सदस्यमा दान बहादुर खुलालले १ हजार ३७ मत ल्याएर विजयी बनेका हुन् ।