रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ मा नेकपा एसका घनश्याम चौधरी वडाध्यक्षमा विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय रामधुनीले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार रामधुनी ९ मा नेकपा एसको प्यानलै विजयी भएको हो ।
वडाध्यक्षका लागि चौधरीले १६७२ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका राजेश चौधरीले १०८३ मत प्राप्त गरे । त्यस्तै महिला वडम सदस्यले १५००, दलित महिला सदस्यले १४७६, पहिलो खुला सदस्यले १४६० र दोस्रो खुला सदस्यले १३१५ मत प्राप्त गरेका छन् ।