रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सुदीप अधिकारीलाई उठाउने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा सोमबार भएको छलफलले अधिकारीलाई टिकट दिने निर्णय भएको हो । अधिकारी कांग्रेस रामधुनी नगर सभापति समेत हुन् ।
स्थानीय तहकाे निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।







