रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी बनेको छ । सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय रामधुनीले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमाले विजयी बनेको हो ।
नेकपा एमालेका तर्फबाट रामनारायण चौधरीले वडाध्यक्षमा १६१९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वि नेपाली कांग्रेसका सुरेश कुमार साहले १०१९ मत प्राप्त गरे ।
एमालेका तर्फबाट महिला सदस्यले १७३९, दलित महिला सदस्यले १७३३, पहिलो खुला सदस्य १६१० र दोस्रो खुला सदस्यले १५८१ मत प्राप्त गरेका छन् ।







