सुनसरी । सुनसरीका विभिन्न पालिकाका ३० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन आयोग सुनसरीले मंगलबार साँझ ६ बजे सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा बढी ठाउँमा विजय भएको छ ।
३० वटा वडाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसले १५ स्थानमा जितेको छ भने नेकपा एमालेले १० स्थानमा जितेको छ । त्यसैगरी जनता समाजवादी पार्टी २ स्थान, नेकपा एस २ स्थान र राप्रपा एक स्थानमा विजयी बनेको छ ।








