नसरीको रामधुनी नगरपालिका वार्ड नं. ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बुधनारायण चौधरी सहित प्यानलै विजयी भएका हुन् ।
अध्यक्षका उम्मेदवार चौधरीेले १५ सय ७७ मत ल्याएर विजयी भएका छन् । सदस्यहरूमा भगवती खड्का, दलित महिला सदस्यमा शोभा सदा, खुल्ला पहिलो सदस्यमा अनिल पराजुली, खुल्ला दोस्रो सदस्यमा राजु चौधरी विजयी भएका छन् ।







