रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ मा मेयरमा एमालेले अग्रता लिएको छ । राति साढे ९ बजेसम्म भएको ६०० मत गणनामा मेयरमा नेकपा एमालेले अग्रता लिएको हो । मेयर पदका लागि वडा नम्बर १ बाट मेयर पदका लागि शंकरलाल चौधरील्े २८४ मत ल्याएका छन् । कांग्रेसका सुदीप अधिकारीले २३३ मत ल्याएका छन् ।
त्यसै गरी उपमेयरमा भने कांग्रेसकी उपमेयर आशा चौधरीले २४० र नेकपा एमालेकी तारा थापाले २३० मत प्राप्त गरेकी छन् ।
वडाध्यक्षमा भने कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसले २२९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २१२ मत प्राप्त गरेको छ ।







