No Result
View All Result
Sunday, May 3, 2026
मुख्य खबरबिट पेज
Khabarbit
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
Khabarbit
No Result
View All Result

रामधुनीका उम्मेदवारहरूकाे साझा प्रतिबद्धता : नगर विकासका लागि मिलेर काम गर्छाैं

adminIT by adminIT
४ वर्ष अगाडि
in स्थानीय समाचार
0
रामधुनीका उम्मेदवारहरूकाे साझा प्रतिबद्धता : नगर विकासका लागि मिलेर काम गर्छाैं
123
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका मेयर तथा उपमेयरका उमेदवारहरूले नगरको विकासका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा विभिन्नदलका तर्फबाट मेयर, उपमेयरका उमेदवारहरूले जसले जिते पनि नगरको विकासका लागि एक भएर कामगर्ने बताएका हुन् ।

संवाद समुह सुनसरीले आज आयोजना गरेको संवाद कार्यक्रममा दलका उमेदवारहरूले आफुले जिते अरु दलको सहयोग लिने, अन्य दलले जिते सो दललाई सहयोग गर्ने प्रतिवद्दता जनाएका हुन् ।

रामधुनी थारु समुदायको बाहुल्य क्षेत्र भएपनि ग्रामथान तथा साँस्कृतिक भूमि अतिक्रमणमा परेको भन्दै चिन्ताव्यक्त गरेका छन् । संवादमा बोल्दै मेयर तथा उपमेयरका उमेदवारहरूले प्रत्येक टोलमाहुने ग्रामथानहरु हराउन थालेकोमा चिन्ताव्यक्त गर्दै संरक्षणमा एकजुट हुने बताएका छन् ।

जुन पाटि र जो उमेदवारले जिते पनि ग्रामथान जोगाउन कानुन नै बनाएर संरक्षण गर्ने उनीहरुले प्रतिवद्दता जनाएका छन् ।

संवादमा मेयर तथा उपमेयरका उमेदवारहरूले आफुले ५ वर्षमा गर्ने एजेण्डाहरु प्रस्तुत गरेका थिए । आफ्नाएजेण्डा राख्दै नेपाली काँग्रेसका मेयरका उम्मेद्धार सुदिप अधिकारीले रामधुनीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, ग्रामथानहरुको संरक्षण गर्दै संग्राहालय निर्माण गर्ने, तालतलैयाहरुको संरक्षण र संवद्र्धन गर्ने, २५ बेडको अस्पताल निर्माण, ३० मिनेट भित्र सेवादिने व्यवस्थामिलाउने बताए ।

नेपाली काँग्रेसबाटै उपमेयरकी उम्मेद्धार आशा कुमारी चौधरीले थारु भाषालाई कामकाजी भाषाको रुपमा विकास गर्नुपर्ने बताइन् ।

ग्रामथान अतिक्रमणबाट बचाउनपालिकाले ग्रामथानहरुलाई सूचीकरण गर्नुपर्ने तेजनारायण चौधरीले सुझाव दिए । ग्रामथान संरक्षण समितीकाअभियन्ताचौधरीले स्थानिय सरकारले आफ्नै कानुन बनाएर ग्रामथान तथा साँस्कृतिक सम्पदा जोगाउन सकिने बताए ।

नेकपा एकिकृत समाजवादीका मेयरका उम्मेद्धार सिताराम घिमिरले ५० बेडसम्मकोे नगर अस्पताल बनाउने, खानेपानी समस्या समाधान, सबै वडालाई सडक सञ्जाल र सडक स्तरोन्नतीगर्ने योजना सुनाए ।

यस्तै नेकपा एकिकृत समाजवादीकी उपमेयरकी उम्मेद्धार सिता चौधरीले ग्रामथान क्षेत्रको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमाविकास गर्नुपर्ने बताइन् । महिलाहरुको सशक्तिकरण, बालमैत्रीशासन, युवालाई खेलकुदमाविशेष ध्यानदिनुपर्ने उनको भनाई थियो ।

सडकहरुको स्तरउन्नतीगर्दै सडक सञ्जालको विकास गर्नुपर्ने नेकपामाओवादी केन्द्रका मेयरका उमेदवार चन्द्र कुमार चौधरीले बताए । अस्पतालको स्तरोन्नती, शुद्ध खानेपानीको व्यवस्था, प्राविधिक शिक्षामा जोड दिने उनले बताए ।

सुशासन, भ्रष्टाचार मुक्त स्थानीयतहबनाउने राप्रपाका मेयरका उमेदवार सत्यनारायण चौधरीको भनाई छ । गरिब परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निशुल्क शिक्षा दिईने राप्रपाकी उपमेयरकी उमेदवार सिता नेपालले बताइन् ।

सबै दलका उमेदवारहरूले प्रस्तुत गरेको एजेण्डा मध्ये करिब ६० प्रतिशतमिल्ने देखिएको थियो । साझाएजेण्डाहरुलाई मिलेर नै पुरा गर्ने उमेदवारहरूले बताए थिए । आगामी वैशाख ३० गते रामधुनीका जनताले जसलाई मतदिएर जिताएपनि साझा एजेण्डाहरु पुरा गर्ने नेपाली काँग्रेसका अधिकारीले बताए ।

संवादमा आफ्नाएजेण्डा प्रस्तुत गरेकादलका उमेदवारहरूले नगरका साझा एजेण्डाहरुलाई कार्यान्वयन गराउन एकले अर्कालाई सहयोग गर्ने बताएका थिए ।

Tags: निर्वाचन २०७९रामधुनीस्थानीय तह निर्वाचन २०७९
Previous Post

इटहरीको शैक्षिक गुणस्तर वृद्विका लागि गुरुयोजना बनाएर काम गर्छाैं : पाैडेल

Next Post

शान्तिपूर्ण रूपमा सकियाे रामधुनीमा मतदान [फाेटाे फिचर]

Next Post

शान्तिपूर्ण रूपमा सकियाे रामधुनीमा मतदान [फाेटाे फिचर]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

४ वर्ष अगाडि
रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

४ वर्ष अगाडि
रामधुनी ८ मा एमालेको प्यानलै विजयी

रामधुनी ८ मा एमालेको प्यानलै विजयी

४ वर्ष अगाडि
Load More

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist